Logo
Logo

मधेसको जय गर्ने अब एमाले नै हो : ओली


819
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मधेसको विकास गर्ने जिम्मेवारी एमालेको काँधमा आएको बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले मशेसलाई सही बाटो देखाउन अरु पार्टीहरु असफल भएको दावी गर्दै यस्तो बताएका छन् ।

फाइल फोटो

उनले भने, ‘यहाँ शिव पटेलजीले एमाले प्रवेश गर्दै जय मधेस भन्ने बानी छ भन्नुभयो । अब जय मधेस भन्ने नै एमालेले हो । मधेसको जय गर्ने पनि एमालेले नै हो ।’ मधेसले समृद्धि खोजेकाले त्यसको नेतृत्व एमालेले गर्ने उनको भनाइ छ ।
अध्यक्ष ओलीले केही समय एमालेलाई मधेस विरोधी भनेर भ्रम छरिए पनि भ्रम टुटेर मधेसबाट एमाले प्रवेशको लहर चलेको बताए ।

‘पछिल्लो समय मधेसका ठूला र प्रभावशाली राजनीतिक व्यक्ति तथा जनप्रतिनिधिहरू एमाले प्रवेश गरिरहेका छन्’ उनले भने, ‘अब मधेसको नेतृत्व एमालेले गर्नेछ ।’ कार्यक्रममा अभिनेत्री करिश्मा मानन्धर, शिव पटेललगायत पार्टीका प्रवेश गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्