Logo
Logo

संवैधानिक नियुक्ति विरुद्धको रिटमाथि सुनुवाइ सुरु


819
Shares

काठमाडौं । संवैधानिक परिषदसम्बन्धी अध्यादेश र त्यसका आधारमा भएका नियुक्तिविरुद्ध परेका मुद्दामा संवैधानिक इजलासमा बुधबार सुनुवाइ सुरु भएको छ ।

संवैधानिक इजलासमा कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू मिरा खड्Þका, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा छन् । संवैधानिक इजलासले दुवै पक्षलाई एक÷एक घण्टा समय दिएको छ । अपुग भए दुवै पक्षले थप आधा÷आधा घण्टा समय थप्ने छ ।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले संवैधानिक परिषदको सिफारिसमा नियुक्त भएका ५२ जना पदाधिकारीको नियुक्ति खारेजीको माग गर्दै रिट निवेदन दर्ता भएको थियो ।

उक्त मद्धामा १७ भदौ २०७८ मा न्यायाधीश हरि फुयाँलको एकल इजलासले नियुक्ति सम्बन्धी सुनुवाइ स्थगित गर्न आदेश दिएका थिए ।

सर्वोच्चले संवैधानिक इजलासको सुनुवाइ अवरुद्ध गर्ने आफ्नै एकल इजलासको अन्तरिम आदेशविरुद्धको रिटमाथि समेत सुनुवाइ गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्