Logo
Logo

भरतपुर महानगरपालिकामा लालपूर्जा वितरण


693
Shares

चितवन । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले चितवनको भरतपुर महानगरपालिकाको गाउँब्लकमा रहेका भूमिहिन नागरिकहरुलाई आज जग्गा धनी दर्ता प्रमाण पूर्जा (लालपूर्जा) वितरण गरेकी छन् ।

भरतपुर महानगरपालिकाको वडा नं. २९ को गाउँब्लकमा रहेका भूमिविहिनहरुलाई लालपूर्जा वितरण गर्दै मन्त्री श्रेष्ठले गाउँब्लकको जमिनको लाल पूर्जा दिने कामलाई मन्त्रालयले पहिलो प्राथमिकतामा राखेर गरिरहेको बताइन् । उनले आगामी आर्थिक वर्षसम्ममा गाउँब्लकमा रहेका सबै भूमिहिनलाई लालपूर्जा वितरण गरिसक्नेगरी काम अगाडि बढाइएको भन्दै देशभित्र रहेका जग्गा सम्बन्धी सम्पूर्ण समस्या पनि एक वर्षभित्र समाधान गरिसक्नेगरी योजना बनाएर मन्त्रालय अघि बढेको बताइन् ।

राष्ट्रिय भूमि आयोग मार्फत भूमिहिन दलित र भूमिहिन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने काम सरकारको उच्च प्राथमिकतामा रहेको भन्दै मन्त्री श्रेष्ठले समिति र आयोग मात्रै गठन गर्ने र काम नगर्ने प्रवृत्ति पनि अब अन्त्य गर्नेगरी काम भइरहेको जानकारी गराइन् ।

वास्तविक सुकुम्बासीले मात्रै जग्गा पाउन र गैर सुकुम्बासीले जग्गा नपाउन भन्नेमा सचेत बन्न जनता र जनप्रतिनिधिहरुलाई उनले आग्रह समेत गरिन् ।

प्रतिक्रिया दिनुहोस्