काठमाडौं । नेकपा एमालेले स्थानीय तहका उम्मेदवार छान्न ६ मापदण्ड बनाएको छ । पार्टीके केन्द्रीय कमिटीको बिहीबार सम्पन्न बैठकले एमालेलाई पहिलो बनाउले लक्ष्यसहित उम्मेदवार छान्न मापदण्ड बनाएको हो ।

मापदण्डमा पहिलो पार्टी नीति र कार्यक्रप्रतिको प्रतबद्धता, दोस्रो निर्वाचित जनप्रतिनिधिको मूल्यांकन, तेस्रो लोकप्रियता र विजयप्रतिको सुनिश्चितता, चौथो आन्दोलनमा योगदान र पार्टीप्रतिको निष्ठा, पाँचौं कार्य क्षमता विकास र सुशासनप्रतिको दृष्टिकोण र छैटौं सन्तुलन र समावेशिता रहेका छन् ।
उम्मेदवार सिफारिसको मापदण्ड पनि तय भएको छ। वडाअध्यक्षको हकमा वडा कमिटी, गाउँ वा नगर कमिटीको सिफारिसमा जिल्ला कमिटीले निर्णय गर्नेछ ।
मेयर र उमपेयर गाउँ वा नगर र जिल्ला सिफारिस गर्ने र प्रदेश निर्णय गर्नेछ भने उपहमहानगर र महानगरको सम्बन्धित कमिटीको सिफारिसमा केन्द्रीय कमिटीले निर्णय गर्ने निर्णय गरिएको छ ।












