
काठमाडौं । मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा एक जना प्रहरी कर्मचारीको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
ललितपुरको सानेपामा हिजो राति भएको दुर्घटनामा धादिङ घर भई हाल महानगरीय प्रहरी वृत्त चापागाउँमा कार्यरत प्रहरी जवान नविन न्यौपानेको मृत्यु भएको हो । दुर्घटनामा तनँहुको आबु खैरेनी घर भई हाल महानगरीय प्रहरी वृत्त सातदोबाटोमा कार्यरत प्रहरी जवान सुमन कुमार सिंह गम्भीर घाइते भएका छन् । उनको सानेपास्थित स्टार अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
गम्भीर घाइते भएका न्यौपानेको उपचारका क्रममा सोही अस्पतालमा राति सवा २ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरु सवार बा ८३ प ८९८५ नम्बरको मोटरसाइकल गएराति सवा १ बजे अनियन्त्रित भइ पल्टिएको थियो ।












