सर्लाही । सर्लाहीको फुलजोरमा यात्रुबाहक बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको फुलजोरमा यात्रुबाहक बस आइतबार पुलबाट खसेर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको हो । बसमा सवार ३२ जना घाइते भएकाे जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
वीरगन्जबाट जनकपुरतर्फ जाँदै गरेको ना ४ ख ८५५५ नम्बरको यात्रुवाहक बस पूर्व–पश्चिम राजमार्ग अन्तर्गत फुलजोर खोलामाथि बनेको पुल साँघुरो भएकाले टाटासुमोलाई साइड दिने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । दुर्घटनामा मृत्यु हुनेहरुको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।












