Logo
Logo

जनताले विश्वास गर्नेगरि काम गर्नुपर्छ : गणेश तिमिल्सिना


252
Shares

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले जनताले विश्वास गर्नेगरि जनप्रतिनिधिले काम गर्नुपर्ने बताएका छन् ।

शनिबार काठमाडौंमा गाउँपालिका राष्ट्रिय महासंघ नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै तिमिल्सिनाले जनताप्रतिको उत्तरदायीत्वलाई बुझेर जनप्रतिनिधिले काम गर्नुपर्ने बताएका हुन् ।

उनले स्थानीय तहमा दोहरीन चाहनेले पनि आफूले देश र जनता तथा समाजका लागि गरेको कामको स्वमूल्याङ्कन गर्नुपर्ने धारणा राखे ।

देश बनाउने काम प्रत्येक नागरिकको पनि रहेको भन्दै नागरिकलाई देशप्रति उत्तरदायी बनाउने काम जनप्रतिनिधिकै रहेको उनले बताए ।

तिमिल्सिनाले भ्रमपूर्ण कुराबाट सचेत रहेर विवेकपूर्ण तरिकाले जनप्रतिनिधिको छनौट गर्नुपर्ने बताए ।

कार्यक्रममा गाउँ सभा÷ नगरसभा सञ्चालन तथा कानून निर्माण प्रकृया समबन्धी स्रोत पुस्तीका विमोचन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्