काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गरेर गठबन्धन बचाएर लैजानु पर्ने बताएका छन् ।
पार्टी कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता पौडेलले सो कुुरा बताएका हन् । आमागी चुनावमा गठबन्धन गर्ने कि नगर्ने भन्नेबारे केन्द्रीय समितिले निर्णय गर्ने उनले बताए ।
उनले भने, ‘गठबन्धनबारे केन्द्रीय समितिले नीतिगत निर्णय लिनेछ । कुन स्थानीय तह कसले लिने भन्ने त पछि निर्णय गर्ने कुरा हो । चुनावी तालमेल गरेर गठबन्धन बचाएर लानुपर्ने आवश्यकता छ ।’
उनले धेरै केन्द्रीय सदस्यहरुको धारणा तालमेल गरेर चुनावमा जनुपर्ने आएको बताए । उनले भने, ‘धेरै केन्द्रीय सदस्यहरुको धारणा तालमेलको पक्षमा आएको छ। कहाँ कहाँ लिने, कहाँ कहाँ छाड्ने भन्ने त पछि सल्लाह हुन्छ । बैठकले चुनावबारे सैद्धान्तिक निर्णय गर्छ ।’
सानेपामा कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक चलिरहेको छ । अहिले केन्द्रीय सदस्यहरूले बोल्ने क्रम चलिरहेको छ । नेता पौडेल भने बैठकस्थलबाट बाहिरिएका छन् ।












