Logo
Logo

इटहरीमा बम विष्फोट हुँदा दुई जना घाइते


3.6k
Shares

काठमाडौं । सुनसरीको इटहरीमा बम विष्फोट भएको छ । सोमबार राति करिब १० बजे इटहरी उपमहानगरपालिका-२ को नवजागृति टोलमा बम विष्फोट भएको हो । विष्फोटमा परी दुई जना घाइत भएका छन् ।

बम विष्फोटमा परेर इटहरी उपमहानगरपालिका-२ नवजागृति टोलमा बस्दै आएका २२ वर्षीय रविन थापा र लमजुङका २३ वर्षीय शेरजंग गुरुङ घाइते भएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक खगेन्द्र खड्काले जानकारी दिए ।

थापाको डेरामा बम विष्फोट भएको थियो । विष्फोटमा परी घाइते भएका थापाको विराटनरआँखा अस्पताल र गुरुङलाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको उनले बताए ।

घटनास्थलबाट हिमाल सुरक्षा परिषद् नेपालको पर्चा बरामद भएको प्रहरीको भनाई छ । परिषद्ले हिन्दु राष्ट्रको माग गर्दै फागुन १५ गतेबाट सशस्त्र संघर्षको घोषणा गरेको थियो ।

विष्फोटमा घाइते भएकाहरू परिषद्को कार्यकर्ता भएको प्रहरीको आशंका छ । थापाको डेरामा गुरुङ केही दिनअघि पाहुना आएका थिए । विष्फोट भएको बम सुतली हुनसक्ने डीएसपी खड्काले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्