
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक दिउँसो ३ बजे बस्ने भएको हो । बैठकमा बाढीपीडितहरूको पुनस्र्थापना, कर्मचारी बढुवा सिफारिस समिति, संघीय निजामती सेवा विधेयक लगायतका विषयमा छलफल गर्ने तयारी छ ।
सरकारले प्रशासनतर्फ र प्राविधिक तर्फका सचिव बढुवाको तयारी गरेको छ । यसअघि नै बढुवा समितिले प्रशासनतर्फबाट आभा श्रेष्ठ कर्ण, चक्रबहादुर बुढा र जयनारायण आचार्यलाई सिफारिस गरिसकेको छ ।
यसैगरी प्राविधिकतर्फ डा. जगदिश्वर कर्माचार्य, नविनराज सिंह र मीना श्रेष्ठ सचिव बढुका लागि सिफारिस भएका छन् । प्रशासन र प्राविधिकतर्फबाट एक–एक जना बरिष्ठ सहसचिवलाई सचिवमा बढुवा गर्ने तयारी सरकारले गरेको छ ।














