
जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–८ स्थित बिहारकुण्डमा डुबेर एक जना वृद्धको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धनुषाको सबैला नगरपालिका– ६ का ८० वर्षीय रघुवंश यादव रहेका छन् । उनी केही दिनयता जनकपुरधामस्थित छोरीको घरमा बस्दै आएका थिए । आज बिहान पोखरीमा नुहाउने क्रममा यादवको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।












