काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धनको सरकारदेखि जनता आजित भएकाले एमालेको सरकार छिटो बन्नुपर्ने मत जनतामा रहेको बताएका छन् ।

नेकपा एमाले कालीकोटले खाडाँचक्र नगरपालिका–१ मान्ममा आयोजना गरेको आमसभामा उनले वर्तमान सरकारबाट आजित भएर जनताले चाँडै एमालेको सरकार भन्ने चाहेको बताएका हुन् ।
‘विगत तीन वर्ष सरकारमा हुँदा जनताको मन जित्ने काम गरेकाले बाँकी योजना गठबन्धनको सरकारले कटौती गरेको छ’, अध्यक्ष ओलीले भन, ‘यो देश विकास गर्ने पार्टी हो । देश बनाउने पार्टी हो । गलत कुरा गर्न सकिँदैन । कसैलाई गाली गर्दैन । एमालेलाई बहुमत दिएर सरकारमा पठाएका थिए । तर अदालतले सरकारले ढाल्यो ।’
एमाले सरकारमा हुँदा जनमुखी काम गरेकै कारण अहिले नेपालका जनताले फेरि पनि छिटो एमालेको सरकार बनोस् भन्ने दृढ इच्छा राखिरहेका उनको भनाइ थियो ।
स्थानीय तहको निर्वाचनमा एमालेकै नेतृत्व हावी हुने र आगामी प्रदेश तथा प्रतिनिधिसभामा पनि एमालेकै सरकार बन्ने उनको दाबी छ । ‘आउने निर्वाचनमा एमालेले जितेर फेरि सरकार नेतृत्व गर्छ र नागरिकका समस्या समाधान गर्छ’, उहाँले भने, ‘गठबन्धनले देशको हित गर्न नसक्ने भन्दै आगामी निर्वाचनमा गठबन्धन पत्तासाफ हुनेछ ।’












