
मोरङ । नोबेल अस्पताल विराटनगरका एक जना डाक्टर आज बिहान मृत अवस्थामा भेटिएका छन् ।
सप्तरीको राजविराजका २८ वर्षीय डाक्टर विजय यादव उनी कार्यरत् नोबेल अस्पतालको अगाडि मृतावस्थामा भेटिएका प्रहरीले जनाएको छ । डाक्टर यादव उक्त अस्पतालको अर्थोपेडिक वार्डमा तीन वर्षदेखि कार्यरत् थिए । पारिवारीक स्रोतका अनुसार उनले बङ्गलादेशबाट एमबीबीएस गरेका थिए ।
डाक्टरको हत्या भएको भन्दै आक्रोशित आफन्तले घटनामा संलग्नलाई कारबाही गरिनुपर्ने माग गर्दै नाराबाजी गरिरहेका छन् । घटनास्थलमा पुगेर अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ ।












