
काठमाडौं । ट्याङ्करले ठक्कर दिँदा एक जना पैदलयात्रीको मृत्यु भएको छ ।
ट्याङ्करको ठक्करबाट मंगलबजारका ४२ वर्षीय राज महर्जनको मृत्यु भएको प्रहरीले जनाएको छ । ललितपुरको ललितपुर महानगरपालिका–७ ग्वार्कोमा हिजो बेलुका ट्याङ्करको ठक्करबाट उनी घाइते भएका थिए । उपचारका लागि पाटन अस्पताल लैजाँदै गर्दा महर्जनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
बा २ ख ६५१० नम्बरको ट्याङ्करले पैदलयात्रीलाई ठक्कर दिएको थियो । महानगरीय प्रहरी वृत्त सातदोबाटोले ठक्कर दिने ट्याङकर र चालकलाई नियन्त्रणमा लिएको छ ।












