Logo
Logo

प्रधानमन्त्री देउवा र मोदीबीच ‘वान टू वान’ वार्ता


252
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र दामोदर मोदीबीच भेटवार्ता सुरु भएको छ । प्रधानमन्त्रीद्वयबीच नयाँदिल्लीस्थित हैदराबाद हाउसमा भेटवार्ता सुरु भएको हो ।

औपचारिक तीनदिने भारत भ्रमणमा शुक्रबार त्यहाँ पुगेको देउवा र मोदीबीच हैदराबाद हाउसमा अहिले वान टू वान वार्ता हुँदैछ । त्यसपछि ११ः४५ देखि १२ः१५ सम्म दुई देशका प्रतिनिधिमण्डलबीच वार्ता हुँदैछ भने १२ः१५ देखि १२ः३० बजेसम्म विभिन्न सम्झौतामा हस्ताक्षर हुँदैछ । सम्झौतामा हस्ताक्षर गरेपछि प्रधानमन्त्री मोदीले प्रधानमन्त्री देउवाको सम्मानमा दिवा भोजको आयोजना गर्नेछन् ।

प्रधानमन्त्री देउवाको आज दिनभरीको भेटघाटको शेड्युल प्याक छ । आजै दिउँसो १ः३० बजेदेखि १ः३५ बजेसम्म प्रधानमन्त्री देउवाले आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्