Logo
Logo

ठगी गरेको आरोपमा युवा पक्राउ


756
Shares

जनकपुरधाम । म्यादी प्रहरी बनाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एक जना युवालाई पक्राउ गरेको छ ।

सो आरोपमा चन्द्रनगर गाउँपालिका– ७ का ३१ वर्षीय दीपेन्द्र चौधरी पक्राउ परेका हुन् । उनीमाथि सर्लाहीमा म्यादी प्रहरीमा भर्ना गराइदिने भन्दै रकम ठगी गरेको आरोप छ । सर्लाहीका प्रहरी प्रवक्ता एवं डिएसपी माधवप्रसाद बुढाथोकीका अनुसार चौधरीले म्यादी प्रहरी भर्ना छनोट स्थलमै पाँच हजार/सात हजार रकम लिएर भर्ना गराइदिने भन्दै आएका थिए ।

विशेष सूचनाका आधारमा उनलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्