Logo
Logo

हरियो झण्डा देखाएपछि गुड्यो नेपाली रेल


945
Shares

जनकपुरधाम । बहुप्रतिक्षित नेपाली रेलको शनिबार उद्घाटन भएको छ । उद्घाटनसँर्ग भारतको जयनगरबाट रेल गुडेको छ ।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र उनका समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरुपमा हरियो झण्डा देखाएपछि जयनगरबाट रेल कुर्थाका लागि प्रस्थान गरेको हो । दुवै प्रधानमन्त्रीले भारतको राजधानी दिल्लीस्थित हैदरावाद हाउसबाट भर्चुअल माध्यमले हरियो झण्डा देखाएका थिए ।

जगनगरबाट कुर्था हिँडेको रेल घुमेर जनकपुरधाम स्टेशनमा आएपछि यहाँ औपचारिक उद्घाटन कार्यक्रम हुनेछ । कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादव र मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतसहितकाले सम्बोधन गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्