
दमक । तीव्रगतिमा सवार मोटरसाइकल रोकिराखेको ट्याक्टरमा ठोक्किँदा झापाको गौरादहमा शनिवार साँझ एक युवाको मृत्यु भएको छ ।
गौरादह–९ बैगुनधुरास्थित भित्री सडकमा मे२प ३९१२ नं.को मोटरसाइकल सोही सडक किनारमा रोकिराखेको को१क २४७९ नं.को ट्याक्टरमा ठोक्किँदा गौरादह–९ का ४० वर्षीय राम हेमरमको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गौरादहले जनाएको छ ।
प्रहरीले दुर्घटनामा संलग्न ट्याक्टर नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरु गरिएको जनाएको छ ।












