Logo
Logo

विवादमा प्रहरी, मानव अधिकार आयोगले थाल्यो छानबिन


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ६ असार ।
राष्ट्रिय मानवअधिकार आयोगले सर्लाहीमा प्रहरीले गरेको इन्काउन्टरको छानबिन थालेको छ । बिहीबार नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) का जिल्ला ईञ्चार्ज कुमार पौडेलको मृत्यु भएको थियो । पौडेललाई प्रहरीले पक्राउ गरेर गोली हानेको आरोप लागेको छ ।

आयोगले शुक्रबार एक वक्तव्य जारी गरी घटनाको सत्यतथ्यको अनुसन्धान तथा अनुगमन गर्न आयोगको केन्द्रीय कार्यालय एवं प्रदेश नं. २ कार्यालयबाट टोली खटिएको जनाएको छ । आयोगको केन्द्रीय कार्यालयको टोली आज (शुक्रबार) बिहानै घटनास्थलतर्पm प्रस्थान गरिसकेको र आयोगकोे उक्त टोलीले घटनाको अनुसन्धान तथा अनुगमन गरी तत्कालै आयोगमा प्रतिवेदन पेश गर्ने समेत वक्तव्यमा जनाइएको छ । आयोगको उक्त टोलीलाई आवश्यक सहयोग पुर्याइदिन आयोगले सम्बन्धित सबै पक्ष तथा सरोकारवालालाई आग्रह समेत गरेको छ ।
पछिल्लो समय प्रहरीले अनाबश्यक रुपमा बल प्रयोग गर्दै आएको छ । चर्चाका लागि गोली हान्ने प्रवृत्ती बढेको छ ।

प्रतिक्रिया दिनुहोस्