
पोखरा । आज बिहान भएको मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ ।
कास्कीको पोखरा महानगरपालिका–६ खहरेमा मोटरसाइकल दुर्घटना हुँदा २० वर्षीय किशोर कठायतको मृत्यु भएको प्रहरीले जनाएको छ । बागमती प्रदेश ०२ ०२९ प ०९३७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा चालक डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ का कठायत गम्भीर घाइते भएका थिए ।
वडा प्रहरी कार्यालय बैदामका अनुसार पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।












