Logo
Logo

कामना सेवा र खल्तीबीच सहकार्य


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । कामना सेवा विकास बैंकले खल्ती डिजिटल वालेटसँग सहकार्य गरेको छ । बैंकले डिजिटल वालेट सुुविधा प्रदान गर्ने उद्देश्यले स्पारो पेसँग सहकार्य गरी सेवा सञ्चालनमा ल्याएको हो । सहकार्यसँगै बैंकको मोबाइल बैंकिङ सेवा लिएका ग्राहकले आफ्नो खातामा भएको रकम मोबाइल बैकिङमार्फत खल्ती डिजिटल वालेटमा फन्ड लोड गर्ने सुविधा पाउनेछन् ।


खल्ती वालेटमार्फत ग्राहकले क्रेडिट कार्डको बिल भुक्तानी, इन्स्योरेन्सको प्रिमियम भुक्तानी, विद्युत् महसुल भुक्तानी, खानेपानी महसुल भुक्तानी तथा मेबाइल रिचार्र्जलगायत भुक्तानी गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्