Logo
Logo

हिमालयन बैंकद्वारा अनाथ असहाय बाल उत्थान समाजका बालबालिकालाई सहयोग


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । हिमालयन बैंक लिमिटेडले ललितपुर महानगरपालिका—२३, हात्तीवनस्थित नवकिरण अनाथ असहाय बाल उत्थान समाजका बालबालिकालाई सहयोग गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले चिल्ड्रेन होमका ४२ जना बालबालिकालाई खाद्यान्न प्रदान गरेको हो । बैंकका महाप्रबन्धक सुशील जोशीले सहयोग सामग्री हस्तान्तरण गरेका हुन् ।

चिल्ड्रेन होमले देशका विभिन्न स्थानका विभिन्न उमेर समूहका अनाथ बालबालिकालाई आश्रय तथा शिक्षा प्रदान गर्ने प्रबन्ध मिलाएकोे छ । बैंकले स्थापनाकालदेखि नै अनाथालय, वृद्धाश्रम, सांस्कृतिक सम्पदा संरक्षण, शिक्षा, स्वास्थ्य, प्राकृतिक विपत्ति भोगेकाका लागि, विभिन्न किसिमका सहयोग र राहत सामग्री उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्