Logo
Logo

गठबन्धनबाट बाहिरिने सुदूरपश्चिम जसपाको चेतावनी



सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकार पुनःगनप्रति असन्तुष्टि जनाउँदै जनता समाजवादी पार्टी (जसपा)ले गठबन्धनबाट बाहिरिने चेतावनी दिएको छ ।

जसपाका प्रदेश अध्यक्ष कृष्णकुमार चौधरीले सरकार पुनःगठनको क्रममा जसपालाई बाइपास गरिएकाले यस्तो अवस्थामा गठबन्धन रहन नसकिने जानकारी दिए ।

उनले भने– ‘गठबन्धनमा आवद्ध अन्य दलले अपमान गरेका छन् । यहाँका सत्तारुढ दलहरुले केन्द्रीय सहमतिअनुसार अगाडि चाहेनन् । यस्तो अवस्थामा गठबन्धनमा रहन सकिन्न ।’

धनगढीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष चौधरीले सरकार गठबन्धनको क्रममा जसपासँग सल्लाह नगरिएकाले अपमान गरिएको बर्ताए ।

उने भने– ‘‘नेपाली कांग्रेस, एकीकृत समाजवादी र माओवादी केन्द्रले कुनै जानकारी नदिएर कांग्रेसलाई प्रदेश सरकारमा सहभागी गराएकोमा हाम्रो पार्टीको अपमान गरिएको महसुस भएको छ । केन्द्रीय सहमतिअनुसार अगाडि बढेको खण्डमा मात्र सहमति हुनसक्छ । अन्यथा हामी गठबन्धनमा बस्दैनौँ ।’

शुक्रबार सुदूरपश्चिम प्रदेश सरकार पुनःगठन गरी नेपाली कांग्रेसलाई सहभागी गराइएको थियो । सुदूरपश्चिम प्रदेशसभामा जसपाका एक सांसद छन् ।

प्रतिक्रिया दिनुहोस्