जनकपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आज बिहान एक जनालाई पाँच लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ । सो टोलीले सेवाग्राहीसँग घुसबापत लिएको उक्त रकमसहित भूमिसुधार तथा मालपोत कार्यालय धनुषाका प्रमुख सुनिलकुमार झालाई पक्राउ गरेको हो ।

बर्दिवास कार्यालयबाट खटिएको आयोगको टोलीले जनकपुरधामको भानु चौकस्थित एक चिया पसलबाट घुसबापत सेवाग्रहीसँग लिएको रु. पाँच लाख रकमसहित प्रमुख झालाई पक्राउ गरिएको जनाएको छ ।
गोप्य सूचनाका आधारमा खटिएको टोलीले घुस रकमसहित प्रमुख उनलाई पक्राउ गरेको र उनीमाथि थप अनुसन्धान भइरहेको आयोग बर्दिवासका प्रमुख गोपालकुमार अधिकारीले जानकारी दिए ।











