Logo
Logo

घरको सिसा फुट्दा मेयरलाई ३० लाख क्षतिपूर्ति


- दृष्टि न्युज/संवाददाता


झापा ।

सरकारले बिर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार सिवाकोटीलाई क्षतिपूर्ति दिलाउने नाममा आर्थिक दुरुपयोग गरेको छ ।

स्थानीय बालक पोखरीमा मृत भेटिएपछि न्याय दिलाउन सहयोग नगरेको भन्दै स्थानीयले बिर्तामोडका मेयर सिवाकोटीको घरमा डेढ वर्षअघि तोडफोड गरेका थिए ।

सरकारी गाडी नगरपालिकाले नै बनायो । निजी गाडीको बिमा लिएको छोरा नै स्वीकार्छन् । चार लाख ५० हजारको बुलेट मोटरसाइकलको बिमा दाबी गर्नुको सट्टा सरकारी ढुकुटीबाट ३० लाख लिन लागेको र सो रकम मन्त्रिपरिषद्को निर्णय अनुसार अर्थले गृहलाई पठाएको समाचारमा उल्लेख छ । घरमा करीब ६० हजारको क्षति भएको छ, ३० लाख किन भन्दै स्थानीयले नै विरोध गरेका छन् ।आजको नयाँ पत्रिका दैनिकमा समाचार छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्