Logo
Logo

लुम्बिनी प्रदेशमा पाँच दलीय गठबन्धनको बैठक सुरू



बुटवल । लुम्बिनी प्रदेशमा पाँच दलीय गठबन्धनको बैठक सुरू भएको छ । मुख्यमन्त्री कार्यालय बुटवलमा स्थानीय तहको निर्वाचनका विषयमा छलफल गर्नका लागि गठबन्धनको बैठक सुरू भएको हो ।

छलफलमा पार्टीका प्रमुखले जिल्लामा आफ्नो दलको अवस्थाबारे पालै–पालो ब्रिफिङ गरेका बैठकमा सहभागी एक सदस्यले बताए । बैठकमा मुख्यमन्त्री कुलप्रसाद केसीसहित नेपाली कांग्रेस लुम्बिनीका सभापति अमरसिंह पुन, नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बराल, जनता समाजवादी पार्टीका प्रदेश अध्यक्ष अशोक यादव, नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य राजु गुरूङ, जनमोर्चाका जिल्ला अध्यक्ष बद्रि आलमलगायतका नेताहरूको सहभागिता छ ।

प्रतिक्रिया दिनुहोस्