Logo
Logo

काठसहित चार जना पक्राउ


630
Shares

कर्णाली । जिल्ला प्रहरी कार्यालय सुर्खेतले सोमवार वीरेन्द्रनगर नगरपालिका सुर्खेत बाङ्गेसिमलबाट सालको काठ बरामद गरेको छ । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकाको सालकोट स्वास्थ्यचौकी भवनका पुरानो सालको काठ सल्यानको सल्लीबजार लैजाँदै गर्दा वीरेन्द्रनगरको बाङ्गेसिमल जाँच चौकीबाट प्रहरी टोलीले बरामद गरेको हो ।

काठ बरामद बरामद गरी चार जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए । पक्राउ पर्नेहरुमा पञ्चपुरी नगरपालिका–८ सुर्खेतका २० वर्षीय चालक तोरण विक, २१ वर्षीय प्रेम विक, भेरीगङ्गा नगरपालिका–९ सुर्खेत निवासी ३९ वर्षीय रामजी गुप्ता र सोही नगरपालिाका–६ का ३५ वर्षीय कुलवीर विक रहेका उनले बताए । उनका अनुसार गुप्ताले व्यक्तिगत प्रयोजनका लागि भे१ख १२४२ नं.को मिनीट्रकमा सालकोटबाट सल्यानको सल्लीबजारतर्फ अवैधरूपमा काठ लैजाँदै थिए ।

बरामद भएको काठमा एक ढोका, पाँच साना, १५ ठूला झ्याल, अन्य फुटकर ४० पिस काठको टुक्रा रहेको जनाइएको छ । प्रहरीका अनुसार आइतवार जिल्ला अदालत सुर्खेतबाट ६ महिना कैद सजाय तोकिएका वीरेन्द्रनगर नगरपालिका–९ सुर्खेतका फरार १६ वर्षीय कल्पना सोनीलाई सोही पालिकाको बसपार्कबाट पक्राउ गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्