एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा नवप्रवेशी गुजरात टाइटन्सले पहिलो हार व्यहोरेको छ । गएराति सम्पन्न खेलमा गुजरात सनराइजर्स हैदराबादसँग ८ विकेटले पराजित भएको हो ।
मुम्बईमा १ सय ६३ रनको लक्ष्य पछ्याएको हैदराबादले १९ ओभर १ बलमा २ विकेट गुमाएर भेट्टायो । उसका लागि केन विलियम्सनले ५७ रनको अर्धशतकीय पारी खेले । गुजरातका हार्दिक पाण्डेय र राशिद खानले एक/एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६२ रन जोडेको थियो । उसका लागि हार्दिक पाण्डेयले ५० रनको अविजित अर्धशतकीय पारी खेले ।
हैदराबादका भुवनेश्वर कुमार र टी नाटराजनले दुई/दुई विकेट लिए । यसअघि भएका तीन खेलमा गुजरातले लगातार जित निकालेको थियो । गुजरात ६ अंकसहित तालिकाको पाँचौँ स्थानमा छ । त्यस्तै, हैदराबाद ४ खेलमा दुई जितसहित चार अंकसहित आठौँ स्थानमा छ ।











