Logo
Logo

बेलायतमा कार बिक्रीमा व्यापक गिरावट



लण्डन, बेलायत, २३ पुस (रासस÷एपी) ः कार बिक्रीमा सन् २०१८ मा व्यापक दरमा गिरावट आएको बेलायतको कार कम्पनीको एउटा प्रचार समूहले जानकारी गराएको छ । यो गिरावट एक दशक पहिले देखिएको विश्वव्यापी आर्थिक मन्दीपछि आएको सवैभन्दा उच्च गिरावट हो । 



मोटर निर्माण कम्पनीको तथा व्यापारीहरूको समूह, द सोसाइटी अफ मोटर म्यानुफ्याक्चरर्स एण्ड ट्रेडर्स, ले सोमबार दिएको जानकारीमा गत बर्ष बेलायतमा कार बिक्रीमा छ दशमलब आठ प्रतिशतले गिरावट आएको छ । 
अघिल्लो बर्षमा २० लाख ३७ लाख कारको विक्री भएको थियो । विक्रीमा सन् २०१८ मा देखिएको गिरावट सन् २००८ पछि कै सवैभन्दा बढी हो । एक दशक पहिले विश्वव्यापी रूपमा आएको आर्थिक मन्दीको प्रभाब बेलायती अर्थतन्त्रमा पनि देखिएको थियो । 

समूहका प्रमुख कार्यकारी माइक हावेसले भन्नुभयो, “उपभोक्ताको लगानी गर्ने आत्मविश्वासमा कमी, आर्थिक बर्षको अस्पष्टता, नीतिगत सन्देशहरू र उच्च समस्याग्रस्त बजारमा नियमनकारी कानूनको परिवर्तनले कारको कारोबारमा कमी आएको हो ।” 

ब्रेक्जिटबारेको अनिश्चिततालाई प्रत्यक्ष दोष नलगाइकनै हावेसले भन्नुभयो, “यो तथ्याङ्क नीतिनिर्माताका लागि सचेत बनाउन एउटा सन्देशका रूपमा आएको छ ।” 

प्रतिक्रिया दिनुहोस्