Logo
Logo

कर्णालीमा चुनावमा भाग लिने दलको संख्या कम



जाजरकोट । विकास निर्माणमा पछाडि परेको भनिएको कर्णाली प्रदेशमा आसन्न स्थानीय तहको चुनावमा भाग लिने दलको संख्यासमेत कम देखिएको छ । अन्य प्रदेशको तुलनामा चुनावमा भाग लिने दलको संख्या कर्णालीमा कम देखिएको हो ।

कर्णालीकै हिमाली जिल्ला डोल्पामा ११ र प्रदेश राजधानी रहेको सुर्खेतमा सुर्खेतमा २५ राजनीतिक दलले स्थानीय तहको चुनावमा भाग लिन लागेका छन् । रुकुमपश्चिममा १२, सल्यानमा १२, मुगुमा १५, जुम्लामा १४, हुम्लामा १५, कालिकोटमा २०, जाजरकोटमा १२ र दैलेखमा १४ दलले निर्वाचनमा भाग लिने प्रदेश निर्वाचन कार्यालय सुर्खेतका प्रमुख दुर्गा चालिसेले जानकारी दिए । उल्लेखित दलहरूले मात्रै निर्वाचनमा चुनाव चिह्न पाउनेछन् भने बाँकीले अन्य दलको चुनाव चिह्नमा निर्वाचन लड्नुपर्ने छ । डोल्पामा महिला मतदाता संख्या ११ हजार ३७९ र पुरुष ११ हजार ६१ रहेको छ ।

त्यस्तै सुर्खेतमा महिला मतदाता संख्या एक लाख ११ हजार ७१८ र पुरुष एक लाख ६३ हजार २५ रहेको छ । रुकुमपश्चिममा महिला ४५ हजार ७९९ र पुरुषको संख्या ४६ हजार ५४७ रहेको छ । सल्यानमा महिला मतदाता संख्या ७७ हजार ८११ र पुरुषको संख्या ७९ हजार ९०४ रहेको छ । मुगुमा महिला १६ हजार ७९५ र पुरुषको संख्या १८ हजार १६७ रहेको छ । जाजरकोटमा महिलाको संख्या ४९ हजार नौ, पुरुषको संख्या ५४ हजार ८५८ रहेको छ । त्यस्तै दैलेखमा महिला मतदाताको संख्या ७४ हजार ६८९ रहेको छ भने पुरुषको संख्या ७४ हजार ३८ रहेको छ ।

कर्णाली प्रदेशभरिको महिला मतदाता संख्या चार लाख ४९ हजार ३० रहेको छ भने पुरुषको संख्या चार लाख ५९ हजार ४०१ रहेको छ । नौ लाख आठ हजार ४३३ जनाले आसन्न चुनावमा मतदान गर्न पाउने निर्वाचन कार्यालयले जानकारी दिएको छ । जुम्ला, हुम्ला र कालिकोटको मतदाता संख्या प्रदेश निर्वाचन कार्यालयको वेबसाइटमा राखिएको छैन ।

प्रतिक्रिया दिनुहोस्