Logo
Logo

ट्याक्टर दुर्घटना हुँदा ३ को मृत्यु, चार घाइते


- दृष्टि न्युज/संवाददाता


अछाम, ११ असार । चौरपाटी गाउँपालिका वडा नं.२ स्थित कोलगैरामा ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । बुधबार बिहान से १ त ७८३९ नं ट्याक्टर दुर्घटना हुँदा सहचालक चौरपाटी गाउँपालिका–३ का रमेश साउदको घटनास्थलमै मृत्यु भएको थियो भने दुर्घटनामा चौरपाटी गाउँपालिका–३ की लक्ष्मी साउद र काली साउदको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको जनाइएको छ । दुद्र्धटनामा ४ जना घाइते भएका छन् ।
मृत्यु भएकामध्ये साउदले यस वर्ष एसईई परीक्षा दिएका थिए भने लक्ष्मी कक्षा ९ र कालि कक्षा ८ मा अध्ययनरत रहेको जनाइएको छ । लाइसेन्स नभएका सहचालकले ट्याक्टर चलाउँदा दुर्घटना भएको स्थानीयले बताएका छन् । ट्याक्टर चालक ज्ञानेन्द्र चौधरीले भने हाम फालेर ज्यान जोगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्