Logo
Logo

कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १३ असार । रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत लिइएको कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित भएको छ । गत जेठ २५ र २६ गते लिइएको भाषा परीक्षाको नतिजा ईपीएस कोरियाले गएराति सार्वजनिक गरेको हो ।
ईपीएस कोरिया शाखा नेपालले भाषा परीक्षाको नतिजा सार्वजनिक भएको जानकारी दिँदै यसबारे केहीबेरमा विस्तृत जानकारी दिने बताएको छ ।
जेठमा भएको परीक्षामा ९२ हजार ३ सय ५६ युवा सहभागी भएका थिए । यीमध्ये कुल १० हजार ५० जना नेपाली प्रशिक्षार्थी कामदारका रुपमा लैजाने कोटा दक्षिण कोरियाले निर्धारण गरेको छ । परीक्षाफल ईपीएसको बेवसाइटमा गएर हेर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्