Logo
Logo

भारतीय तरकारीमा अघोषित प्रतिवन्ध


- दृष्टि न्युज/संवाददाता


नेपाल सरकारले भारतीय तरकारी र फलफूलमाथि अघोषित प्रतिवन्ध लगाएको छ । सरकारले प्रतिवन्ध भन्ने शब्द प्रयोग गरेको छैन । तर नेपाल भारत सीमानामा प्रयोगशाला नवनाइ भारतीय तरकारी र फलफूलमा विषादी भए नभएको एकिन गरेर मात्र आयात गर्न दिने नीति लागू गरेको छ ।

सीमानामा प्रयोगशाला नहँुदा भारतवाट आयात गरिएका तरकारी तथा फलफूल सीमानामै रोकेर त्यसको नमूना काठमाण्डौ ल्याएर परिक्षण गर्न पर्ने वाध्यता नेपाल सरकारले वनाइ दिएको छ । यसवाट सीमानामा ल्याइएका तरकारी तथा फलफूल अहिलेको चर्को गर्मीका कारण कुहिने भएको छ । यसवाट व्यापारीहरुलाई नोक्सान हुने त स्वाभाविक भयो नै, साथै नेपाली उपभोक्ताहरुपनि अझ महंगो तरकारी फलफूल किन्न वाध्य हुन थालेका छन् ।

यस्तो अघोषित प्रतिवन्ध भारत संगको सम्वन्धको हिसावलेपनि जायज देखिन्न । यदि नेपाल सरकारले प्रतिवन्ध लगाउने नै हिम्मत भए खुल्ला तरिकाले गर्न पर्दथ्यो र नेपाली उपभोक्ताहरुलाई थप महंगी हुन नदिन वैकल्पिक व्यवस्था र सोही अनुसारको वजार अनुगमन पनि हुन पर्दथ्यो । नेपालका किसानहरुलेपनि वास्तविक मूल्य पाइरहेका छैनन् । विचौलियाहरुले चर्को नाफा खाने गरेको समाचार वारम्वार सार्वजनिक भएपनि सरकारले खासै कडाइ गरी उपभोक्ता र वास्तविक किसानलाई उचित मूल्य दिलाउने काम गरेको छैन ।

अहिले विचौलियाहरुले सीमानामा गरिएको प्रयोग शाला विनाको जाँचपासको अनिवार्य प्रकृयाको वहाना वनाएर मूल्य वृद्धि अझ वढाएका छन् ।

यसकालागि तत्काल सरकारले कम्तिमा मूख्य सीमानाकामा प्रयोगशालाको तत्काल व्यवस्था गर्नु पर्दछ र विषादी जाँच सीमानामै हुने प्रवन्ध मिलाउनु पर्दछ । साथै विचौलियाहरुले गरेको चर्को असुलीका विरुद्ध कडाइकासाथ सरकारले अनुगमन गर्नु पर्दछ । सरकारले वास्तविक किसानहरुको सहकारी वनाउन मद्दत गरी उनीहरुले सीधै उपभोक्ता सम्म आपूर्ति गर्ने प्रवन्ध मिलाउन सहयोग गर्नु पर्दछ ।
रवीन्द्र श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्