Logo
Logo

‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ प्राडा. शर्मालाई


- दृष्टि न्युज/संवाददाता


काठमाडौं , १५ अषाढ ।

मदन भण्डारी राष्ट्रिय पुरस्कारबाट प्राध्यापक डाक्टर सुवोध शर्मा सम्मानित भएका छन्।

मदन भण्डारीको ६८औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले प्राडा शर्मालाई सम्मान गरेका हुन्।

एक लाख पुरस्कारको राशि रहेको उक्त पुरस्कार काठमाडौं विश्वविद्यालय स्कूल अफ साइन्सका रजिष्ट्रारसमेत रहनुभएका प्राडा शर्माले नेपाल, भूटानलगायत दक्षिण एशियाली देशको पानी र जलाधारको विषयमा मिहिन अध्ययन गर्दै आएका छन्।

उक्त पुरस्कारबाट यसअघि डा. भगवान् कोइराला, मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, महावीर पुनलगायत पुरस्कृत भइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्