Logo
Logo

असार महिनामा पार्टी एकता टुंगिन्छन्, दशैंसम्म सरकारको आलोचना समाप्त -प्रधानमन्त्री


- दृष्टि न्युज/संवाददाता


काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अब दुई हप्ताभित्र पार्टी एकताका सबै काम सकिने र दशैंसम्म सरकारको आलोचना समाप्त हुने दाबी गरेका छन् ।

जननेता मदन भण्डारीको ६८ औं जन्मजयन्तीका अवसरमा आयोजित बिचार गोष्ठीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले पार्टी एकता ठुलो काम भएकोले केही अलमल भए जस्तो लागेको बताए। “पार्टी एकता टुंगिएन भनेर अब निराश हुनु पर्दैन ” प्रधानमन्त्री ओलीले भन्नुभयो “असार भित्र सबै तहको एकता टुंगिन्छ र नयाँ आर्थिक बर्ष देखि सबैले नेता कार्यकर्ताले उत्साहपूर्वक काम गर्न थाल्नुहुनेछ । ”

प्रधानमन्त्री ओलीले दुई ठुला वामपन्थी दलको चुनावी तालमेल मार्फत राष्ट्रिय आत्मविश्वास जगाएको स्मरण गर्दै नेकपाले बहुमत ल्याएर देशलाई स्थिरता दिएको दशैंसम्म सरकारको आलोचना समाप्त हुने दाबी समेत गरेका छन् । गतवर्ष आलोचना भयो, बृद्धभत्ता बढेन भनेर। यसपाली बढायौँ प्रसंसा भएन, रकम छरियो भनेर आलोचना गरियो उनले भने दशैँसम्म पुग्दा सरकारमाथिको आलोचना समाप्त हुन्छ।

प्रधानमन्त्री ओलीले गएको वर्ष नयाँ कानुन निर्माणमा खर्चिएको बताए। संविधान कार्यान्वयन र मौलिक हक सुनिश्चित गर्नका लागि कानुन निर्माण गरेका थियौँ। प्रदेश र स्थानीय संरचना निर्माण गरेका छौँ। पहिले संरचना नै थिएनन्ु उनले भने। आफूहरुले सरकारमाथि जबरजस्ती विश्वास गर नभन्ने भन्दै उहाँले सरकारले गरेका कामहरुको मुल्यांकन गर्न प्रधानमन्त्रीले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्