काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धन देशको लागि ‘लुतो’ भएको टिप्पणी गरेका छन् । काठमाडौंमा अयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले पाँच दलीय गठबन्धन केही समयको लागि आएको ‘लुतो’ भएको बताएका हुन् ।

उनले भने, ‘पाँच दलीय गठबन्धन भनेको देशको ठूलो पीडा हो । अलिक समयका लागि आएको लुतो हो के लु्तो । ठूलै घाउ पनि होइन । यस पीडालाई निर्वाचनको माध्यमबाट पन्छाउनुपर्छ । यसपल्ट दुई दिन पन्छाउने समय छ । एउटा वैशाख ३० गते अर्को मंसिरति हुन्छ ।’
उनले अहिले पाँच दलीय सरकार निकम्मा भएको बताए । उनले भने, ‘यस्तो गएगुज्रेको सरकार धर्तीमा छ भनेर कल्पनै गर्न सकिँदैन ९÷१० महिनामा ढुकुटी रित्याउने कस्तो होला ?











