Logo
Logo

मुख्यमन्त्री राउतद्वारा इद उल फित्रको शुभकामना



जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले इस्लाम धर्मावलम्बीहरूको मुख्य पर्व इद उल फित्रले मुलुकमा भाइचाराको सम्बन्ध, सुख र शान्तिको अभिवृद्धि गरोस् भन्ने कामना गरेका छन् ।

इद उल फित्र पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले भाइचाराको महत्वपूर्ण पर्व इद उल फित्र हर्षाेल्लासका साथ मनाउन आग्रह गरे । मुख्यमन्त्री राउतले मुलुकवासी तथा प्रदेशवासीहरूको सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामनासमेत गरेका छन् ।

इद उल फित्रको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

प्रतिक्रिया दिनुहोस्