Logo
Logo

‘प्रचण्डले लेखेको सहमतिपत्रमा नपढी हस्ताक्षर गरिदिएँ’


- दृष्टि न्युज/संवाददाता


काठमाडौं , १७ अषाढ ।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओलीले पार्टी एकताका क्रममा भएको आन्तरिक सहमतिपत्रमा अध्ययन नै नगरी हस्ताक्षर गरेको बताएका छन्।

पार्टी संसदीय दलको सोमबार बसेको बैठकमा सहमतिपत्रबारे सांसदहरुले प्रश्न उठाएपछि अध्यक्ष ओलीले भने, ‘पार्टी हितका निम्ति र कम्युनिस्ट पार्टीलाई बलियो बनाउन मैले जेमा पनि हस्ताक्षर गर्न सक्नु भनेको थिएँ। उहाँ (पुष्पकमल दाहाल) ले ल्याउनु भयो, मैले हस्ताक्षर गरिदिएँ। त्यसपछि मात्र मैले अध्ययन गरेको हुँ आजको अन्नपूर्णपोस्ट दैनिकमा समाचार छापिएको छ।’

सहमति बीचमै सार्वजनिक भएपछि र सहमतिका विषयमा अध्यक्ष दाहालले एक टेलिभिजन अन्तरवार्तामै खुलाएपछि नेकपाभित्र विवाद देखिएको थियो। दाहालले प्रधानमन्त्री ओलीले सहमतिपत्र लेखेर ल्याउन आग्रह गरेअनुसार आफूले लेखेको र प्रधानमन्त्रीले हस्ताक्षर गरेको बताएका थिए।

प्रतिक्रिया दिनुहोस्