Logo
Logo

आर्थिक चलखेलमा १६ विदेशीलाई नागरिकता


- दृष्टि न्युज/संवाददाता


काठमाडौं , १७ अषाढ ।

आर्थिक चलखेल गरेर १६ विदेशीलाई झापाबाट नेपाली नागरिकता दिएको खुलेको छ ।

गृह मन्त्रालयको छानबिनपछि नागरिकता वितरणमा संलग्न तीन कर्मचारीलाई निलम्बन गरी थप अनुसन्धान अघि बढाइएको छ । जिल्ला प्रशासन कार्यालय झापाका प्रशासकीय अधिकृत गौरव ढुंगेल, नायब सुब्बा मेघराज निरौला र खरिदार तेजिन्द्र न्यौपानेलाई निलम्बन गरी छानबिन थालेको हो ।आजको नयाँ पत्रिका दैनिकमा समाचार छापिएको छ।

‘छानबिन भइरहेको छ, अन्तिम प्रतिवेदन आइसकेको छैन,’ गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले भने, ‘विदेशीले नागरिकता पाएको जानकारी आएपछि विस्तृत अनुसन्धान गर्न नेपाल प्रहरीलाई पत्र पठाएका छौँ ।’ अधिकांश नागरिकताको सनाखत खरिदार न्यौपानेले गराएको, नासु निरौलाले टिप्पणी पेस गरेको र प्रशासकीय अधिकृत ढुंगेलले जारी गरेको प्रशासन स्रोतले बतायो ।

प्रतिक्रिया दिनुहोस्