Logo
Logo

गृहमा कमिसनको खेल


- दृष्टि न्युज/संवाददाता


काडमाडौं । गृह मन्त्रालयमा सुधारका सबै कामहरु अलपत्र परेका छन् । मन्त्रालयमा पछिल्लो समय कमिसनको खेल चलिरहेको छ । कमिसनकै लागि यतिबेला महंगा गाडी खरिदको प्रक्रिया समेत अघि बढाइएको छ ।

मन्त्रालयकै महंगा गाडीहरु अलपत्र छन् । तर, पुराना गाडी त्यत्तिकै छाडेर नयाँ गाडी खरिद गर्न लागिएको छ । मन्त्रालयले सात वटा नयाँ गाडी खरिदका लागि हालै सूचना निकालेको छ ।

मुख्यमन्त्रीहरु काठमाडौं आउँदा उनीहरुलाई प्रयोगका लागि भनेर गाडी खरिद गर्न लागिएको छ । जबकि मुख्यमन्त्रीका लागि ती गाडीहरु आवश्यक नै नभएको मन्त्रालयका अधिकारीहरु बताउँछन् । आर्थिक वर्षको अन्तिम भएकाले बजेट सकाएर कमिसन खान गाडी खरिद गर्न लागिएको छ ।

करिब ७० लाख रुपैयाँ पर्नेहरु सात वटा गाडी खरिद गर्न लागिएको छ । मन्त्रालयमै गाडीको फालाफाल छ । मन्त्रालयमा आवश्यक भन्दा धेरै गाडीहरु भएकाले उपसचिवहरुले समेत गाडी प्रयोग गर्दै आएका छन् । कार्यालय प्रमुख भएको अवस्थामा बाहेक उपसचिवहरुले गाडीको सुविधा पाउँदैनन् । यस्तो अवस्थामा नयाँ गाडी किन्नु भनेको ढुकुटीको सत्यानाश मात्र भएको गृहका अधिकारीहरु बताउँछन् ।

गाडीको दुरुपयोग अध्यागमन विभागमा समेत छ । एक आइएनजीओले विभागलाई चार वटा स्ट्रोम ब्राण्डका गाडी दिएको थियो । ती गाडीहरु विभागबाट दुरुपयोग भइरहेको स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्