Logo
Logo

बाजुरामा बस दुर्घटना, १५ घाइते चारको अवस्था गम्भीर


- दृष्टि न्युज/संवाददाता


बाजुरा । अछाम जिल्लाको साँफेबगर नगरपालिका वडा नं २ को झकालेमा आज बिहान बस दुर्घटना हँुदा १५ घाइते भएका छन् भने चारको अवस्था गम्भीर रहेको अछामका प्रहरी प्रमुख जनकबहादुर शाहीले जानकारी दिनुभएको छ ।

महेन्द्रनगरबाट बाजुराका लागि छुटेको पवनदूतको ना७ख २५६४ नम्बरको बस सडकबाट २५ मिटर तल खसेको थियो । दुर्घटनामा घाइतेको उद्धार गरेर बयालपाटा अस्पतालमा उपचार शुरु गरेको शाहीले बताउनुभयो । बस विपरीत दिशाबाट आइरहेको अर्को सवारीसाधनलाई साइड दिने क्रममा सडक भासिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस्