
काठमाडौं । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले मतदान गरेका छन् ।
रेग्मीले काठमाडौँको मध्यबानेश्वरस्थित सानो गौचरन हाइटमा रहेको मतदान केन्द्रबाट स्थानीय तह निर्वाचनका उम्मेदवारलाई मतदान गरेका हुन् ।
देशैभर निर्वाध रुपमा मतदान सुरु भएको छ । कतिपय स्थानमा भने वर्षाले समस्या भएको बताइएको छ ।














