Logo
Logo

बेलायतबाट पनि ‘मेगा रेमिट’ सेवा


- दृष्टि न्युज/संवाददाता


काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले मेगा रेमिट सेवालाई बिभिन्न देशमा विस्तार गर्ने क्रममा ‘मेगा रेमिट’ सेवालाई बेलायतमा पनि विस्तार गरेको छ ।

मेगा बैंकले बेलायतमा पनि रेमिट्यान्स कारोबार विस्तार गरेको हो । बेलायतस्थित अफताब करेन्सी एक्सचेन्ज (एसीई मनी ट्रान्सफर) सँगको साझेदारीमा नेपालमा रेमिट्यान्स भित्र्याउन लागेको मेगा बैंकले जनाएको छ । यो साझेदारीसँगै बेलायतमा रहेका नेपालीहरुलाई स्वदेशमा रकम पठाउन सहज, सुलभ र प्रभावकारी हुने मेगा बैंकको विश्वास छ ।

बेलायतबाट पठाएको रकम मेगा बैंक र मेगा बैंकका देशभर छरिएका २५ सय भन्दा बढी एजेण्टमार्फत तुरुन्तै भुक्तानी लिन सकिने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्