Logo
Logo

विर्तामोडको प्रदर्शन रोकियो, मतगणना जारी


2.1k
Shares

झापा । झापाको बिर्तामोड नगरपालिकामा मतगणना स्थलअगाडि भएको विरोध प्रदर्शन रोकिएपछि मतगणना सुचारु भएको छ । निर्वाचन कार्यालयको गाडीभित्र मतपत्र भेटिएको भन्दै नेपाली कांग्रेसका कार्यकर्ताले निर्वाचन कार्यालयको गाडी रोकेर मत गणना प्रभावित गरेका थिए ।

कार्यकर्ताले बीच सडकमा रोकेर राखेको निर्वाचन कार्यालयको गाडी सुरक्षाकर्मीले हटाएपछि स्थिति शान्त बनेको हो । अहिले बिर्तामोड नगरपालिकाको मतगणना भने जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्