Logo
Logo

साकेलामा कांग्रेसका रविप्रकाश र माओवादीका बिर्सिका निर्वाचित


1k
Shares

काठमाडौं । खोटाङको साकेला गाउँपालिकाको अध्यक्षमा कांग्रेसका रविप्रकाश राई र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका बिर्सिका राई निर्वाचित् भएका छन् ।

रविप्रकाशले निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका अर्जुनकुमार खड्कालाई ७२ मतान्तले पराजित गर्दै विजयी भएका हुन् । रविप्रकाशले १८५० प्राप्त गरे भने जर्नुनकुमारले १७७२ प्रप्त गरे । एमालेका गोपीकृष्ण खड्काले नौ सय ६७ मत ल्याएका छन् ।

उपाध्यक्षतर्फ नेकपा माओवादी केन्द्रकी बिर्सिकाले दुई हजार १२ मत ल्याए । उनकी निकटतम प्रतिद्वन्दी कांग्रेसकी सरिता खड्काले एक हजार २४ मत र एमालेकी दिलकुमारी राईले नौ सय ८६ मत ल्याए ।

प्रतिक्रिया दिनुहोस्