Logo
Logo

सुन, चाँदी र मानव बस्तीझैं देखिने भेटिए तीन गुफा


- दृष्टि न्युज/संवाददाता


रुकुमपुर्व, २२ असार । रुकुम (पूर्व)मा निकै आकर्षक र महत्वको नयाँ पर्यटकीय गन्तव्य पत्ता लागेको छ । पुथा उत्तरगंगा गाउँपालिका– १२ को कोलस्थित एकै ठाउँमा सुन, चाँदी र मानव बस्तीझैं देखिने तीन ठूला गुफा भेटिएका छन् ।
गुफा भेटिएपछि त्याहाँका स्थानीय सबै मिलेर ती गुफाहरुको मगर खाम भाषाबाट नामकरण पनि गरेका छन् । एउटा गुफाको नाम ‘मि कुङ’ नामकरण गरिएको छ । त्यसैगरी नजिकै अर्को गुफाको नाम ‘सुनरी कुङ’ अर्थात् सुनपानी गुफा नामकरण गरिएको छ । त्यसैगरी अर्को गुफाको नाम ‘चाँदी कुङ’ नामकरण गरिएको छ । तस्बिर : रासस

प्रतिक्रिया दिनुहोस्