Logo
Logo

खल्तीको अवैध धन्दा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । पूर्वाधारको विकासमा देश पछि परेपनि सूचना प्रविधिको प्रयोगमा भने नेपाल अगाडि नै छ । विकसित देशमा सुरु भएका नयाँ प्रविधिहरु नेपालमा आउन धेरै समय लाग्दैन ।

पछिल्लो समय नेपालमा ‘इ वालेट’ अर्थात् मोबाइल वालेटको बाढी नै आएको छ । भारतको लोकप्रियता देखेर नेपालमा पनि यस्ता दर्जनौं कम्पनी आइसकेका छन् । जसमध्ये कतिपयले भने अवैध कारोबार समेत गरेको खुलेको छ ।

जसमध्ये एक हो ई– खल्ती । सो मोबाइल वालेटले राष्ट्र बैंकबाट समेत अनुमति नलिई कारोबार गर्दै आएको छ । स्रोतका अनुसार उसले कार्यालय समेत खोलेको छैन । ठगीकै उदेश्यले कारोबार गरेको उजुरीपछि प्रहरीले समेत सो कम्पनीमाथि छानबिन थालेको छ । सो एपबाट अवैध रुपमा डलरको कारोबार समेत हुने गरेको पाइएको छ ।

नेपालमा गोप्य रुपमा यस्ता मोबाइल वालेट तथा एपहरुमार्फत करोडौंको कारोबार हुने गरेको छ । यसबाट राज्यलाई ठूलो नोक्सान भइरहेको छ । जस्तो कि नेपाल आउने चिनियाँ पर्यटकहरु चिनियाँ एप ‘विच्याट’ प्रयोग गरी सिधैं होटलको बिल चीनमा पुग्ने गरी तिर्दछन् । सरकारलाई थाहा नै नभएका एपहरु उनीहरुले प्रयोग गर्दै आएका छन् ।

यसको निगरानी गर्ने संयन्त्र बन्न सकेको छैन । प्रविधिको प्रयोग बढ्ने तर सरकारले त्यसमा चासो दिन नसक्दा गरिब देश नेपाल झन् गरिब भन्ने जोखिम समेत बढेको छ ।

प्रतिक्रिया दिनुहोस्