Logo
Logo

सामान्यमा सरुवामा मोलतोल


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख रुद्रसिंह तामाङ नेतृत्वको समूहले दररेट तय गर्दै सरुवा गर्ने गरेको आरोप कर्मचारीले लगाएका छन् । सहसचिव तामाङको नेतृत्वमा रहेको यो समूहमा उपसचिवद्वय इश्वर गिरी र चन्द्र फुयाँल छन् । यी तीनजनाको काम नै खुसुखुसु असुली गर्दै सरुवा गर्ने हुँदैआएको छ । संघीय मामिला मन्त्री लालबाबु पण्डितलाई समेत थाहा नदिई यिनीहरुले सरुवा गर्दैआएका छन् । सरुवा हुने कर्मचारीसँग मोलमोलाई गर्ने काम गिरीले गर्ने र सचिव यादव कोइरालालाई कन्भिन्स गर्ने काम सहसचिव तामाङले गर्दैआएका छन् । सचिव कोइराला र मन्त्री पण्डितलाई मिलाउने काम तामाङले गर्दैआएका छन् ।

यो समूहले हालै ७ वटै प्रदेशमा वन समूहका सहसचिवलाई सचिवका रुपमा पठाएको छ । ७ वटै प्रदेशका उद्योग, वन तथा पर्यटन मन्त्रालयका सचिवमा सबै वन समूहकालाई पठाइएको छ । जबकि यसअघि उद्योग र प्रशासन समूहका थिए । तर अहिले सबैमा वन समूहका सहसचिवलाई सचिवका रुपमा पठाइएको छ । तामाङको समूहले पुनः ३६ सहसचिवको सरुवाका लागि सूची बनाइरहेको छ ।

समायोजन भएका तर पदस्थापन नभएका थुप्रै कर्मचारी छन् । ती समायोजन नभएका कर्मचारीहरु जस जसले यी तीन जनाको समूहलाई प्रभावित पा¥यो, उनीहरुको पदस्थापन रोेजेकै निकायमा हुँदैआएको छ । यसरी दिनहुँ सरुवा हुने गरेको छ । सहसचिव तहसम्मको सरुवा पनि यो समूहले गर्दैआएको छ । प्रदेशका मुख्यमन्त्रीलाई थाहै नदिई संघीय मामिला मन्त्रालयले सरुवा गर्ने गरेको छ । प्रदेशका मुख्यमन्त्री र मन्त्रीलाई थाहा नै नदिई महिना, २ महिनामा समेत सहसचिव सरुवा गर्ने काम हुँदैआएको छ । जसका कारण प्रदेशका मन्त्रालयले कुनै काम गर्नै नसक्ने अवस्था छ । यसरी छिटोछिटो कर्मचारी चलाउँदा प्रदेशका मन्त्रालयहरुको कामकारबाहीमा असर परेको छ ।

प्रदेश सरकारमा सरुवा भएर जानासाथ सचिवहरु संघका मन्त्रालयमा आउन लागिहाल्ने प्रवृत्ति देखिएको छ । सहसचिवहरु प्रदेशका मन्त्रालय वा मुख्यमन्त्री कार्यालयमा बस्नै नमान्ने र तामाङको समूहलाई प्रभावमा पारी जसरी पनि संघमा सरुवा हुने प्रवृत्ति बढेको छ । जसका कारण प्रदेशको सरकारका काम कारबाहीमा प्रत्यक्ष असर परेको छ । सचिव सरुवा भएर बुझ्न नपाउँदै ३ महिनामा संघमा सरुवा हुने गरेकाले प्रदेशका मन्त्रालय अस्तब्यस्त छन् ।

यो समूहले हालै ७ वटै प्रदेशमा वन समूहका सहसचिवलाई सचिवका रुपमा पठाएको छ । ७ वटै प्रदेशका उद्योग, वन तथा पर्यटन मन्त्रालयका सचिवमा सबै वन समूहकालाई पठाइएको छ । जबकि यसअघि उद्योग र प्रशासन समूहका थिए । तर अहिले सबैमा वन समूहका सहसचिवलाई सचिवका रुपमा पठाइएको छ । तामाङको समूहले पुनः ३६ सहसचिवको सरुवाका लागि सूची बनाइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कर्मचारी प्रशासन महाशाखाका प्रमुख सहसचिव जनार्दन गुरागाई अवकाश भएकाले खाली छ । सहसचिव सरुवामा पनि आकर्षक ठाउँमा जानेहरुसँग मोलमोलाई गर्न पनि यही समूह लागेको छ ।

प्रतिक्रिया दिनुहोस्