अछाम । अछामको साँफेबगर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका राजेन्द्रबहादुर कुँवर र उपप्रमुखमा नेकपा एकीकृत समाजावदीका शिवबहादुर कुँवर विजयी भएका छन् ।

अन्तिम मतपरिणाम अनुसार मेयरमा राजेन्द्रबहादुरले २ हजार २२६ मतान्तरले विजयी भएका हुन् । उनले ७ हजार २६५ मत प्राप्त गरे भने उनका निटकतम प्रतिद्वन्द्वी नेकपा एमालेका पशुपति कुँवरले ५ हजार ३९ मत प्राप्त गरे ।
नगर उपप्रमुखमा नेकपा एकीकृत समाजवादीका शिवबहादुरले एमालेका रंग ठकुल्लालाई १ हजार १२० मतान्तले पराजित गरे । उनले ६ हजार ४३४ मत पाए भने ठकुल्लाले ५ हजार ३१४ मत प्रात गरेका छन् ।
साँफेबगर नगरपालिकाका १४ वडामध्ये वडा नं १ स्वतन्त्र उम्मेदवार नन्दसिंह ठकुल्ला, वडा २ मा कांग्रेसका सेतबहादुर कुँवर, वडा ३ मा कुलबहादुर कुँवर, वडा ४ मा नवराज बुढा, वडा ५ मा मक्र कुँवर निर्वाचित भएका छन् ।
यस्तै वडा ६ मा स्वतन्त्रका मिनबहादुर बोहरा, वडा ७ मा कांग्रेसका हिक्मत कडायत, वडा ८ मा कालुसिंह कुँवर, वडा ९ मा एकीकृत समाजवादीका दिपक कुँवर, वडा १० मा एमालेका ललित बोगटी, वडा ११ मा एमालेका रामबहादुर बोहरा, वडा १२ मा कांग्रेसका जनक कडायत, वडा नं. १३ मा नेकपा एमालेका रुपबहादुर कुँवर र वडा १४ मा कांग्रेसका सन्जु साउँद वडा अध्यक्षमा विजयी भएका छन् ।











