काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय व्यापार सूचनाका लागि विज्ञ सम्मिलित ‘मार्केट एन्ड ट्रेड इन्टेलीजेन्स ब्यूरो’ गठन गर्ने भएको छ ।
सरकारले योजना अघिसारे सँगै नेपालमा पहिलो पटक ‘मार्केट एन्ड ट्रेड इन्टेलीजेन्स ब्यूरो’ गठन हुने भएको छ ।
संघीय संसदमा सरकारको नीति तथा कायक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले ‘मार्केट एन्ड ट्रेड इन्टेलीजेन्स ब्यूरो’ गठन गरिने घोषणा गरे ।
अन्तर्राष्ट्रिय व्यापारको सूचना संकलन, त्यसै अनुसारको सरकारी नीति निर्माण लगायतमा सरकारलाई सघाउने गरी यस्तो ब्यूरो गठन गर्न लागिएको राष्ट्रपति भण्डारीद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख छ ।











